युवराज सफल पक्राउ

२०८२ माघ १३, मंगलवार

काठमाडौं : युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार महान्यायाधिवक्ता कार्यालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो ।​

सफललाई कारबाहीका लागि महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते प्रहरीलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार