काठमाडौं : नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
बैंकले २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेर सो नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ खर्ब २० अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.५९ प्रतिशत घटेको छ ।
त्यस्तै सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।





