काठमाडौँ : आइतबार छापावाल सुनको मूल्यले १८ हजार ८ सय रुपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ६ हजार ६५ रूपैयाँ कायम भएकोमा आज ५ सय ६५ रूपैयाँले घटेर ५ हजार ५ सय रूपैयाँ कायम भएको छ ।









