बानेश्वरको कात्यानी चोकमा ‘करेन्ट मार्ट’ सञ्चालनमा

२०८२ माघ १९, सोमबार

काठमाडौँ : नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा मजबुत उपस्थिति बनाएको करेन्ट नुडल्सको उत्पादक कम्पनी यसोदा फुड्स प्रा. लि. ले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ।

माघ १८ गते आइतबारदेखि बानेश्वरस्थित कात्यानी चोकमा नयाँ शाखा औपचारिक रूपमा सुरु गरिएको हो। भैरहवामा सञ्चालनमा रहेको पहिलो करेन्ट मार्टले उल्लेखनीय सफलता हासिल गरेपछि उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै राजधानी काठमाडौँमा शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ।

नयाँ बानेश्वरको कात्यानी चोकमा अवस्थित करेन्ट मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। उद्घाटन समारोहमा बोल्दै डाइरेक्टर घिमिरेले करेन्ट मार्टको अवधारणा, उत्पादन विविधता र कम्पनीको भविष्य योजनाबारे सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए।

कार्यक्रममा एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसालसहित कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्मित करेन्ट मार्टमार्फत उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण भेराइटीका उत्पादनहरू एकै स्थानमा प्राप्त गर्न सक्नेछन्।

यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स, विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स उपलब्ध छन्। साथै, करेन्ट गोल्ड मसाला र सिटिसी चिया, जिरा पाउडर, धनियाँ पाउडर, रातो खुर्सानी पाउडरजस्ता विभिन्न मसला सामग्री पनि मार्टमा पाइने कम्पनीले जनाएको छ।

उद्घाटनका क्रममा यसोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भैरहवामा उपभोक्ताबाट पाएको विश्वासले राजधानीमा पनि सेवा विस्तार गर्न प्रेरणा मिलेको बताउँदै कात्यानी चोकबाटै ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरे। सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स नेपालको अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो।

करेन्ट ब्रान्डअन्तर्गत उत्पादन हुने पिरो र स्वादिष्ट चाउचाउहरू नेपालसहित विश्वका २२ भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार