राजेन्द्र लिङ्देनसँग बालेनको विमानस्थलमा जम्काभेट

२०८२ माघ १९, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच जम्काभेट भएको छ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उमेदवार बनेका छन् । सोमबार बालेन झापा पुगेका बालेन र लिङ्देनबीच झापाको विमानस्थलमा जम्काभेट भएको हो । त्यसक्रममा उनीहरूले आपसमा हात मिलाएर कुराकानी पनि गरेका थिए ।

रास्वपाले बालेनलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । लिङ्देन झापा-३ बाट उमेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार