गायक मदन ढकालको नयाँ गीत ‘मुग्लिन’ सार्वजनिक

२०८२ माघ २०, मंगलवार

काठमाडौँ : गायक मदन ढकालले नयाँ गीत ‘मुग्लिन’ सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ।

गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ। एरेन्ज आशिष अविरलले गरेका हुन्। गीतको भिडिओमा चर्चित चार कलाकारको नृत्य देख्न सकिन्छ। मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ। गायक मदन स्वमले पनि अभिनय गरेका छन्।

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन्। गीतको भिडिओ बले इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार