पोखरा : पोखरामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ ।
पोखरा रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको हो । नेपालका लागि सिर्जना बढुवाल र प्रजिता राईले गोल गर्दा भुटानकी सोनाम छोडेनले सान्त्वना गोल गरिन् । खेलको ३६औं मिनेटमा सिर्जनाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । ७९औं मिनेटमा नेपालकी प्रजिताले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
८८औं मिनेटमा भुटानकी सोनामले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । नेपालकी सिर्जना बढुवाल प्लेयर अफ द म्याच घोषित भइन् ।





