प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

२०८२ माघ २०, मंगलवार

काठमाडौँ : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ ।

बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन् ।

गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई अर्को व्यवस्था नहुँदासम्मका लागि उक्त जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार