काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ सय ३५ रूपैयाँले बढेर ५ हजार ३ सय ३५ रूपैयाँ कायम भएको छ ।









