काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई यतिवेला चुनावी प्रचारप्रसारको लागि देशव्यापी रुपमा सक्रिय भएका छन् ।
यो पटकको निर्वाचमा टिकट नपाएपनि भट्टराईले पार्टीका उम्मेदवार जिताउनको लागि आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
कहिले गृहजिल्ला ताप्लेजुङ त कहिले चितवन, अनि काठमाडौं कहिले नवलपरासी दौडाहमा रहेका भट्टराईले यो निर्वाचनमा पनि एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । एमालेसँग बलियो जनाधार रहेको भन्दै उनले एमालेको जितलाई कसैले रोक्न नसक्ने उनको बुझाई छ ।
उनले रास्वपासँग विचार, सिद्धान्त नभएको भनेर आलोचना गर्ने गरेका छन् । हालै चितवनमा आयोजित एक पत्रकार सम्मेलनमा पनि उनले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरू स्थायी नहुने भन्दै रास्वपालक्षित टिप्पणी गरेका थिए । उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने दाबी गरेका थिए ।
उनले भनेका थिए,‘दुनियाँका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेका, जमिनमा टेकेका दलहरूले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र हुईममा बनेका दलहरू स्थायी हुँदैनन् । राजनीतिक दल भनेको राष्ट्रका खम्बा हुन् । ती खम्बा कमजोर हुनुहुँदैन ।’





