मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्ण कार्यलाई समयमा सम्पादन गर्न सकिनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष सबल रहनेछ। गुप्त शत्रुहरूबाट सतर्क रहनुहोला। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। मार्केटिंग क्षेत्रबाट जोडिएकाहरुको लागि नयाँ टार्गेट मिल्नेछ। पारिवारिक सद्भावमा कमी आउला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा पुरानो सम्पर्कहरूबाट नयाँ अनुबन्ध मिल्ला। आपसी सहमतिले सम्वन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नयाँ योजनाहरू प्रारम्भ गर्नु भन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लेनदेनमा सावधानी अपनाउनुहोस्। सन्तानको करियरलाई लिएर चिन्ता दूर हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आफन्तहरूको माझ रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मविश्वासमा कमी आउँनेछ। आश्वासन मात्र देखाउनेहरूबाट सावधान रहनुहोला। नोकरी वा पेशामा विरोधीहरू सक्रिय रहनेछन्। कुरा गर्दा शब्द चयनमा ध्यान दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलिरहेको कार्यमा आकस्मिक बाधा आउँनेछ। आफूभन्दा ठूलाको कुरालाई सम्मान दिनुहोस्। आर्थिक कारोबारमा लापरवाहीले हानी नोक्सानी बेहोर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कारोबार सम्बन्धी समस्याको समाधान हुनेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। सोशल मिडियामा हजुरको कामको सराहना हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अहिले गरेको मेहनतले भविष्यमा लाभ दिनेछ। उधारो धन फिर्ता लिने समय रहेको छ। महत्वपूर्ण योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा अतिथिको आगमनले खर्चमा वृद्धि हुनेछ। सरकारी काममा सोचेभन्दा बढी समय लाग्ला। रचनात्मक कार्यतिर मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राका रूपरेखा बन्नेछन्। सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। छरछिमेकीसँग वादविवाद हुनबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च अधिकारीहरूबाट सहयोग पाइनेछ। साझेदारी व्यापारमा नयाँ अनुबन्धहरू गर्नुपर्ला। प्रेम र मित्रताको बन्धन कसिनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।









