एमाले जनताको विश्वासको घर हो : विष्णु पौडेल

२०८२ माघ २१, बुधबार

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले जनताको विश्वासको घर भएकाले कसैले किनारा लगाउन नसक्ने बताएका छन् ।

बुटवल उपमहानगरपालिका–६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय मङ्गलबार उदघाटन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन्।  ‘कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ’ उनले भने, “जनताको बिचमा विश्वासको घर बनाएको पार्टीलाई कसैले किनारा लगाउन नसोचे हुन्छ ।’ देशको बागडोर सम्हाल्ने बनाउन एमालेलाई विजयी गराउने जिम्मा जनताको काँधमा रहेको उनको भनाइ छ।

आफू जनताको साथ र समर्थनले चुनावी मैदानमा होमिएकाले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको पौडेलले बताए । रूपन्देही देशको विकसित ठाउँको रूपमा विकास भएको बताउँदै पौडेलले अझै बाँकी रहेको एकसाथ सम्पन्न गर्दै अघि बढने बताए ।

बुटवलका जनताको आशीर्वादले आफू पटक–पटक निर्वाचित भएको बताउँदै पौडेलले यो पटक पनि नागरिकको सदभाव र मायाले आफूलाई उत्साहित बनाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार