सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ : बास्कोटा

२०८२ माघ २१, बुधबार

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएको भन्दै व्यंग्य गरेका छन् ।

एमाले संस्थापनविरुद्ध फरक मत राख्दै आएका बास्कोटाले फेसबुकमार्फत यस्तो व्यंग्य गरेका हुन् ।

‘सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ,’ बास्कोटाले लेखेका छन्, ‘अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’

फेरि चुनावमा गठबन्धनको कुरा उठेको विषयमा पनि उनले टिप्पणी गरेका छन् । ‘गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ । अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ,’ बास्कोटाले अगाडि लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार