संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्च भाग्न पाउँदैन : महेश बस्नेत

२०८२ माघ २१, बुधबार

काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग गर्दै दायर भएको रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने बताएका छन्।

काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँग संवादमा बोल्दै यो मुद्दाबाट सर्वोच्च भाग्न नपाउने बताए।

उनले भने, ‘आज पनि पेसी चढ्छ भनेर हामीले आस गरेका थियौँ, फेरि सर्‍यो। प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ। यसले हामी निकै ठुलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ। हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ।’

उनले संसद् पुनर्स्थापना भए चुनावको नाममा भएका सार गतिविधि र खर्च खेर जाने भएकाले तत्काल फैसला गर्नुपर्ने बताए। सर्वोच्चमा मुद्दा भएकाले ढुक्कले चुनावमा जान नपाएको उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार