सागर ग्रुपले माघ २३ देखि २९ गतेसम्म आईटी एक्स्पो गर्दै

२०८२ माघ २१, बुधबार

काठमाडौँ : सूचना प्रविधिको क्षेत्रमा ३ दशकदेखि निरन्तर सक्रिय रहेको सागर ग्रुपले यही माघ २३ गतेदेखि माघ २९ गतेसम्म कलंकीस्थित आफ्नो कर्पोरेट हाउसमा विशेष प्रविधि मेला आयोजना गर्ने भएको छ।

‘बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाइफ स्टाइल’ नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधि मेलाको तेस्रो संस्करण हो। सागर ग्रुपले आफ्ना ग्राहक, विक्रेता, पत्रकार, शुभेच्छुकहरुलाई भेला पार्दै सूचना प्रविधिका क्षेत्रमा भएका विभिन्न विकास, नयाँ उत्पादन र बजारबारे वन टु वन छलफल गर्ने गरी वर्षेनि मेला आयोजना गर्दै आएको छ।

मेलाले ब्राण्ड र ग्राहकको निकटता अझ गहिरो बनाउने सागर ग्रुपका भाइस चेयरपर्सन बुद्धलक्ष्मी मानन्धरले बताए। देशभरिबाट क्यान इन्फोटेक अवलोकन गर्न आउने सबैलाई लक्षित गर्दै अवलोकनकर्ताको सहजताको लागि क्यान इन्फोटेककै समयमा संचालन गरिने यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनबारे थप र विस्तृत जानकारी उपलब्ध गराइनेछ।

मेलामा विभिन्न ब्राण्डका प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र प्राविधिकहरु समेत उपलब्ध रहने भएकाले उत्पादन तथा सेवाबारे ग्राहक तथा अवलोकनकर्ताले विस्तृत जानकारी सजिलै पाउन सक्छन्। सागर ग्रुपको यो प्रविधि मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माइक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओलगायतका ब्राण्डका विभिन्न सामग्रीहरु रहनेछन्।

सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधिहरुले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरिने भएकाले मेलाले जनचेतना अभिवृद्धिमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवासमेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाले आफ्ना नयाँ उत्पादनहरु समेत लन्च गर्दै छन्।

यस कार्यक्रमा सहभागी हुनेहरुलाई विभिन्न तालिमहरुसमेत प्रदान गरिनेछ। प्रत्येक दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म ७ दिनसम्म संचालन हुने यो एक्स्पोमा भ्रमणकर्ता र अवलोकनकर्तालाई हाई-टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने उपस्थितमध्येबाट एकजनालाई लक्की ड्रको माध्यमबाट एक्स ल्याव ल्यापटप उपहारसमेत प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार