फिल्म ‘श्री बुकुरो’ को टिजर युट्युबमा रिलिज

२०८२ माघ २१, बुधबार

काठमाडौं : सुदीप भुपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो’ को टिजर युट्युबमा रिलिज भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टिजर सार्वजनिक गरिएको हो ।

‘पहिलो दृश्य’ नाम राखिएको उक्त टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ । ‘सिंगल सट’ छायांकन शैलीमा खिचिएको टिजरमा केटाकेटीको विवाहको लागि चिना हेराउन पण्डितसहित बसेका दुई परिवारको कथा देखाइएको छ । पण्डितले चिना हेर्दै ग्रहदशा राम्रो नभएकाले विवाह हुन नसक्ने बताउँछन् । के अब उनीहरूबीच विवाह होला ?

६ मिनेटको टिजरलाई निर्देशक सिंहले सिंगल सट शैलीमार्फत दर्शकलाई कौतुहल तुल्याएका छन् । टिजरको सुरुवात निर्देशक सिटौलाप्रति ट्रिब्यूट दर्शाउँदै सुरु हुन्छ ।

फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज न्यौपाने, रोशन कार्की, राजन इशान, दीपिका थापा लगायतको अभिनय छ । फिल्म रेन्ज प्रालिको ब्यानरमा यसलाई रुबी सेनले निर्माण गरेकी हुन् । ‘श्री बुकुरो’ १ फागुनदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार