कुलमान घिसिङ मधेश यात्रामा

२०८२ माघ २२, बिहीबार

जनकपुरधाम : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मधेश झरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेश आएका हुन् ।

बुधबार जनकपुरधाम आएका उनी आज बिहान जानकी मन्दिरमा पूजा-अर्चना गरेका छन् । त्यलगत्ते जनकपुरको जनकचौकमा पत्रकार भेटघाट कार्यक्रम राखेका छन् ।

विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट तथा आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको उनको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार