काठमाडौँ : जेन-जी प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गर्ने र अरुलाई पनि आगजनी गर्न उकासेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चितवन खैरहनी नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका हुन् ।
उनीमाथि प्रदर्शनका वेला भिडलाई उत्तेजित बनाउने, आगजनीका लागि उक्साउने तथा आपराधिक उपद्रवसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप छ । सोही कसूरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरीले गौतमलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई आपराधिक उपद्रव कसूरअन्तर्गत पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।









