जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा

२०८२ माघ २३, शुक्रबार

बैतडी : बैतडीमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि शुक्रवार बैतडीको पुर्चौडी नगरपालिकाले शोक बिदा दिएको छ ।

बस दुर्घटनाबारे दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो । जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।

बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार