तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा असईको मृत्यु

२०८२ माघ २३, शुक्रबार

काठमाडौँ : धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी असईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार बिहिबार साँझ करिब ६ः२० बजेको समयमा इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका प्र २–०३–००१ प ८७२०  नम्बरको मोटरसाइकललाई ठक्कर दिएकोे जानकारी दिएका छन् ।

दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इ.प्र.का. चित्लाङ मकवानपुर दरबन्दी भई हाल इ.प्र.का. ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मोडल अस्पताल लालगढ धनुषा पठाइएकोमा चिकित्सकले जाँचका क्रममा साँझ करिब ७ बजे मृत घोषणा गरेका हुन्। प्रहरी असई फनैत कार्यालयको कामको सिलसिलामा इप्रका भरतपुर धनुषा गई कार्यालयतर्फ फर्किंदै गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार