काठमाडौं : फिल्म दिमाग खराब युट्युमा उपलब्ध भएको छ । सामाजिक ड्रामा/कमेडी मिश्रित फिल्म ओएसआर मुभिजको च्यानलमार्फत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो ।
निर्देशक बस्नेतले स्वयं यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यो फिल्म २०८१ कात्तिकमा हलमा रिलिज भएको थियो । आकाश बरालको लेखनी रहेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल लगायतका कलाकार छन् ।
युट्युबअघि यो फिल्म ओटीटी प्लेटफर्ममा समेत उपलब्ध गराइएको थियो ।









