काठमाडौँ : चर्चित गायिका एलिना चौहान र गायक जिके पोख्रेलको स्वर रहेको नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक गरिएको छ ।
जिके पोख्रेलकै शब्द र सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको छ । गीतको भिडियोमा कलाकार विमल अधिकारी र स्मारिका ढकालको अभिनय छ । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा रोमान्टिक प्रेमकथा बुनिएको छ । गीता भुसाल र बाबुराम काफ्लेको निर्माण रहेको भिडियो नरेन्द्रराज भट्टराईले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र दीपक विष्टको सम्पादन छ ।









