रेशम चौधरी आगामी निर्वाचनमा उम्मेदवार हुन नपाउने

२०८२ माघ २५, आईतवार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।

उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो ।

कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार