सिटिजन लाइफको नाफा २३ करोड १५ लाख

२०८२ माघ २६, सोमबार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत अआवको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यो गत आवको तुलनामा २२.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  त्यस्तै, कम्पनीको कुल बीमा शुल्क आर्जन २२.५२ प्रतिशतले बढेर ४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको कुल आम्दानी १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल खर्च २० प्रतिशले बढेर ४ अर्ब ७५ करोड २० लाख रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ रहेको थियो । ५ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सेयर प्रिमियम ४५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ।

कम्पनीको जीवन बीमा कोषको आकार ३५.३९ प्रतिशतले बढेर २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिने रकम ३१ करोड ८५ लाख रुपैयाँबाट वृद्धि गरी ३८ करोड ६ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले कर्मचारीलाई दिने कमिशन १७ करोड ९९ लाख रुपैयाँबाट वृद्धि गरी १८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.१८ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार