काठमाडौं : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार ४ सय रूपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ४५ रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ४ हजार ९ सय ४५ रूपैयाँ कायम भएको छ ।









