काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपाले जङ्गली रुप देखाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा फरक विचारप्रति रास्वपा समर्थक अराजक र हिंस्रक भएको भन्दै उनले उक्त टिप्पणी गरेका हुन् । बस्नेतले भने, कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई अरिङ्गाल र बाघ बन्न आफ्ना कार्यकर्तालाई निर्देशन दिन्थे । उक्त निर्देशन अहिले आएर रास्वपाका समर्थकहरुले भरपुर र अक्षरशः पालना गर्दैछन् ।’
सामाजिक सञ्जालमा रास्वपा समर्थकहरुको प्राय डरलाग्दा र हिंस्रक जंगली जनावरका सबै रुप, प्रवृत्ति र व्यवहार रास्वपा समर्थकहरुमा देखिने उनको भनाइ छ । नीति एमालेको, नेतृत्व र कार्यान्वय रास्वपाको कति गजब भन्दै उनले ब्यङ्ग्य गरेका छन् ।









