महेश बस्नेतविरुद्ध दायर रिट उच्च अदालतद्वारा खारेज

२०८२ चैत्र १८, बुधबार

काठमाडौँ : उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज हुने फैसला सुनाएकाे छ ।

बस्नेतविरुद्ध जबर्जस्ती करणीको आरोप अनुसन्धान नै नभएको दाबी गर्दै एक जना महिलाले रिट दायर गरेकी थिइन् । उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले बस्नेतविरुद्ध परेको जबर्जस्ती करणीको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।

ती महिलाले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी उच्च अदालत गएकी थिइन् । उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध उनको आरोप खारेज भएको छ ।

प्रहरीले काठमाडौं जिल्ला अदालतमा चैत १६ गते उनीविरुद्ध पक्राउ अनुमति माग गरेकोमा अनुमति दिएको थिएन ।

High Court dismisses writ petition against leader Basnet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार