राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया नबनोस् : भुसाल

२०८२ माघ २६, सोमबार

काठमाडौं : राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति-छायाजस्तो नबनी स्वतन्त्र पहिचानसहितको प्रबुद्ध सभाका रूपमा स्थापित होस् भन्ने कामना व्यक्त गरेका छन् ।

सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले राष्ट्रिय सभाले आफ्नै गरिमा, भूमिका र जिम्मेवारीसहित काम गर्नुपर्ने आवश्यकता औँल्याए । “यो सभा प्रतिनिधि सभाको प्रति-छाया नबनी छुट्टै पहिचान बोकेको प्रबुद्ध सभाका रूपमा अगाडि बढोस्,” उनले भने ।

डा. भुसाल २०७६ माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । आफ्नो छ वर्षे कार्यकालमा कानुन निर्माण प्रक्रियामा सक्दो योगदान दिएको उल्लेख गर्दै उनले राष्ट्रिय सभामा केही सकारात्मक अभ्यासहरू स्थापित भएको बताए । समयमै बैठक बस्ने, स्पष्ट समय तालिकासहित काम गर्ने, कानुन कार्यान्वयनको मूल्याङ्कन गर्नेजस्ता अभ्यासहरू सुरु भएको उल्लेख गर्दै उनले ती अभ्यासहरूले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखे ।

“कानुन निर्माणका क्रममा सकारात्मक कामहरू भएका छन्, केही मानकहरू पनि स्थापित भएका छन्,” उनले भने, “तर कर्मचारीतन्त्रमा पुरानै ढाँचालाई निरन्तरता दिने प्रवृत्ति देखिन्छ, जसलाई मैले नकारात्मक रूपमा लिएको छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार