चलचित्र ‘लालीबजार’को टिजर सार्वजनिक

२०८२ माघ २८, बुधबार

काठमाडौं : चलचित्र ‘लालीबजार’को टिजर सार्वजनिक भएको छ । वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गर्दै टिजर सार्वजनिक गरिएको हो ।

सार्वजानिक टिजरमा चलचित्रको मुख्य पात्रलाई समेटेर कथासार बताउने प्रयास गरिएको छ । षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायत कलाकारको अभिनय छ ।

यही चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन् ।

चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार