काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार १ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ४० रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर ५ हजार २ सय ९० रूपैयाँ कायम भएको छ ।





