काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ ।
समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ । नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।
नेपाल र इटालीले हालसम्म कुनै पनि आधिकारिक टी– २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । नेपाल र इटालीबीच पहिलोपटक हुने खेल दुवै मुलुकका लागि नौलो हुनेछ ।










