विनोद चौधरीले गरे ३ वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ सार्वजनिक

२०८२ माघ २९, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)( १) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीले अघिल्लो निर्वाचनमा जारी गरेको घोषणा पत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेका हुन्।

चौधरीको सचिवालयका अनुसार ‘रिपोर्ट कार्ड’ को डिजिटलप्रति सार्वजनिक गरिएको छ। ३१ बुँदे घोषणा पत्रको एक-एक बुँदाको उत्तर लिएर आएको उनले बताएका छन्।

प्रतिनिधि सभा निर्वाचन ०७९ मा निर्वाचित भएका चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार