रामकुमारी झाँक्रीले भनेजस्तै म ‘बेकुफ’ नै हो : पुन

२०८२ माघ २९, बिहीबार

काठमाडौं : म्याग्दी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महाविर पुनले मतदातालाई नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीलाई गाली नगर्न आग्रह गरेका छन्।

केही दिनअघि एक सार्वजनिक अभिव्यक्तिमा झाँक्रीले पुनलाई ‘बेकुफ’ भनेपछि पुनले झाँक्रीलाई गाली गर्न आवश्यक नरहेको बताएका हुन्।

पुनले अहिलेसम्म जागिर नगरेको, व्यापार–व्यवसायमा नलागेको तथा खेतीकिसान सम्बन्धी अनुभव पनि सीमित रहेको भन्दै आफूलाई बेकुफ भन्दा केही फरक नपर्ने बताए। यस्तै उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने आफ्नो प्रयास र वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि गरेको पहलमा पनि आलोचना हुनु सामान्य बनेको जिकिर गरे।

उनले झाँक्रीले भनेजस्तै आफूमा केही कुराको निरन्तरता नभएको र हुँदाहुँदै मन्त्री पदबाट राजीनामा दिएर सांसद बन्न हिँडेको भनाइ राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार