माघमा पाथीभरा मन्दिरमा १८ लाख ४७ हजार भेटी संकलन

२०८२ माघ २९, बिहीबार

काठमाडौं : माघ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १० हजार ३ सय २३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार माघ महिनामा १८ लाख ४७ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनामा मन्दिरमा पुग्ने दर्शनार्थी तथा मन्दिरबाट संकलन भएको भेटी गणनाको अवस्था सार्वजनिक गर्दै आएको छ।

चिसो मानिएको माघ महिनामा पनि १० हजार बढी दर्शनार्थी मन्दिरको दर्शन गर्न आउनुले पाथीभरामा तीर्थालुको आकर्षण थप बढ्दै गएको रूपमा बुझ्न सकिने क्षेत्र विकास समितिको बुझाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार