काठमाडौँ : गायिका जुनु गौतमको स्वर रहेको गीत ‘साथी मैले तिमीलाई पाएँ’ सार्वजनिक गरिएको छ । प्रेमभाव बोल्ने गीतमा गौतमको नै शब्द तथा सङ्गीत छ ।
कृष्ण श्रेष्ठको एरेञ्ज रहेको गीतले युवा युवतीको एक भेटले सांसारिक खुसी दिने साथ मिलेको र त्यसले जीवनको रंग बदलेको भाव प्रकट गर्छ । गीतको भिडियोमा सौरभ सुन्दास र श्रद्धा लामा फिचर्ड छन् ।
पल्लवी ‘बी’ले निर्देशन गरेको भिडियोमा अनुप आदिन दासको छायाङ्कन छ ।










