शिवम् सिमेन्टको नाफा ५२८ प्रतिशतले बढ्यो

२०८२ फाल्गुन १, शुक्रबार

काठमाडौं : शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ३ अर्ब १० करोड १६ लाख रुपैयाँबाट घटेर ३ अर्ब ९ करोड ८२ लाख रुपैयाँमा सीमित बनेको छ ।

पुष मसान्तसम्म कम्पनीको बिक्री लागत २ अर्ब ४४ करोड ३७ लाख, प्रशासनिक खर्च १२ करोड ११ लाख र बिक्री तथा वितरण खर्च २२ करोड ७८ लाख ५८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको कुल खर्च ३५ करोड ६६ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

छ महिनामा कम्पनीले १० करोड ८२ लाख रुपैयाँभन्दा बढी अन्य आम्दानी गर्दै कुल नाफा ६५ करोड ४४ लाख रुपैयाँभन्दा माथि पुर्‍याएको छ ।  गत आवको सोही अवधिमा कम्पनीको अन्य आम्दानी १२ करोड २६ लाख रुपैयाँ र कुल नाफा ४० करोड १ लाख रुपैयाँ रहेको थियो । ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५३ करोड ९८ लाख ७६ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको रिजर्भको आकार पनि ३ अर्ब १५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५३ करोड पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ३२ करोड र कुल चालु दायित्व २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५.१० रुपैयाँ र तरलता अनुपात १.५२ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार