कार्यान्वयन गर्न नसकिने संकल्प गरेका छैनौँ : लिङदेन

२०८२ फाल्गुन २, शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन न गर्न सकिने संकल्प मात्रै गरिएको बताएका छन्।

शनिबार घोषणापत्र जारी गर्दै उनले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरिएको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण बहुमत प्राप्त गर्ने भएकोले घोषणापत्रमा शतप्रतिशत पूरा गर्ने कुराहरु मात्रै राखिएको छ । कोही भ्रममा पर्न पर्दैन । भोट बढाउनको लागि, कसैलाई भ्रममा पार्नको लागी लेखिएको छैनन, सबै गर्न सकिने कुरा मात्रै लेखिएको छ ।

पार्टीले पूर्ण बहुमत हासिल गर्ने विश्वासका साथ आफ्नो घोषणापत्र तयार पारेको उनले बताए । उनकाअनुसार घोषणापत्रमा मतदातालाई भ्रममा पार्ने वा केवल भोट बढाउने उद्देश्यले कुनैपनि कुरा राखिएको छैन । उनले वितरणमुखी नीति नभई देशको अर्थतन्त्रलाई कसरी मजबुत बनाउने भन्ने कुरामा पार्टी केन्द्रित रहेको बताए। आयात प्रतिस्थापन, रोजगारी अभिवृद्धि, राजश्व वृद्धि र आर्थिक दायरा विस्तार गर्ने स्पष्ट योजनाका आधारमा घोषणापत्र तयार गरिएको उनले जानकारी दिए ।

सबै विषय यथार्थमा आधारित भएकाले प्रतिवद्धता पूरा गर्न वैदेशिक ऋण लिनु नपर्ने र करसमेत नबढाउनुपर्ने उनको दाबी छ । अर्थतन्त्रलाई व्यवस्थित र विस्तार गर्नसके पाँच वर्षभित्र संकल्पित कार्यक्रमहरू पूरा गर्न सकिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार