पाथीभरा दर्शन गर्ने भक्तजन एक लाख १३ हजार

२०८२ फाल्गुन २, शनिबार

काठमाडौं : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या एक लाख तेह्र हजार बढी रहेका छन् ।

पछिल्लो सात महिनाको अवधि अर्थात माघ मसान्त सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सात महिनाको अवधिमा कुल एक लाख १३ हजार ४९९ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । हिउँद यामको समय भए पनि पाथीभरा दर्शन गर्ने भक्तजन नियमित आइरहेका समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार माघ महिनामा १० हजार ३२३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यस्तै पुस महिनामा पनि पाँच हजार ९११ जना भक्तजनले पाथीभरा दर्शन गरेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।

पाथीभरा दर्शन गर्ने मुख्य मौसम मानिने दसैँ तिहारको अवधिमा भने उल्लेख्य भक्तजनहरु आएका हाङ्बाङले बताए । उनका अनुसार असोज महिनामा २९ हजार १७४ जना र कात्तिकमा ४२ हजार २६१ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । यसैगरी मङ्सिर महिनामा १९ हजार १८१ जना भक्तजन पाथीभरा दर्शनमा आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार