काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशमा कांग्रेस आगन्तुक नभइ कांग्रेस मधेशको अंग भएको बताएका छन्।
शनिबार सर्लाहीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको जरा मधेशमै भएको उल्लेख गरे। कांग्रेस मधेशमा जमेर आउनुपर्छ भनेर आफूले सर्लाहीबाट उम्मेदवारी दिएको उनको भनाइ छ।
आफू आउँदा आगन्तुकजस्तो भएर आए पनि मधेश परिवारको अंग बन्ने क्रम सुरु भइसकेको उल्लेख गरे।





