राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

२०८२ फाल्गुन ३, आईतवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको शनिबार साँझ निधन भएको छ ।

विसं २००७ को क्रान्तिका योद्धासमेत रहनुभएका थापाको उपचारका क्रममा शनिबार साँझ मण्डिखाटारस्थित हेम्स अस्पतालमा निधन भएको राप्रपाका नेता राजाराम बर्ताैलाले जानकारी दिए । अन्ठानब्बे वर्षीय थापा आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षीका रूपमा रहँदै आएका थिए।

तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भएका थिए। उनी नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका थिए । उनी तात्कालीन राजा महेन्द्रका विश्वासपात्र र नेपाली कांग्रेसका सभापति बिपी कोइरालाका अनुयायी रहेका राप्रपाका नेता कमल थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार