जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश

२०८२ फाल्गुन ३, आईतवार

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन्।

शनिबार जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेताहरु मनिष मिश्र र केदारसिंह ठटौलाहितका नेता कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन्।

सर्लाहीमा चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गरे। थापाको चुनावी अभियानका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार