काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ ।
नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि शुरू हुनेछ । इटालीसँगको स्तब्धपूर्ण हारपछि अब नेपाली टोलीको अगाडि विश्वकपको सबैभन्दा कठिन चुनौती खडा भएको छ ।
लगातार २ हारपछि सुपर ८ पुग्ने सम्भावना जटिल बनेको नेपाललाई झिनो आशा कायम राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ ।










