नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछ : ओली

२०८२ फाल्गुन ३, आईतवार

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने जिकिर गरेका छन्।

आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालको चुनावलाई बंगलादेशसँग तुलना गरेका हुन्। बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो। चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए।

चुनावी अभियानका लागि उनी काठमाडौँबाट आइतबार झापा फर्किएका हुन्। उनी झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन्।

केही दिन काठमाडौँ बसेर फेरि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले मतदाता भेट्ने र गुनासो सुन्ने बताए। अबका केही दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ।

ओलीले अब चुनाव हुने आशा बढेको बताए। ‘चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौँ,’ ओलीले थपे, ‘चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी।’

चुनाव भएमा आफ्नो पार्टी सहभागी हुने उनको भनाइ थियो। ‘चुनाव हुने भए हामी भाग लिन्छौँ,’ ओलीले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार