तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

२०८२ फाल्गुन ४, सोमबार

काठमाडौं : निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र  ‘पहाड’ वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसको सामाजिक तथा आर्थिक प्रभाव चलचित्रको मुख्य विषय रहेको छ । चलचित्र ‘पहाड’मा निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्य गरेका छन् । ओजस्वी केसीले निर्माण गरेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरेका छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपीन कार्की, सुनील थापा,  रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँलगायत कलाकारले अभिनय रहेको छ ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै छन् । चलचित्रमा रञ्जित गजमेरले संगीत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार