मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ फाल्गुन ४, सोमबार

झापा : झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–४ निवासी ५० वर्षीय भीमबहादुर दर्जी रहेका छन् । आज बिहान गौरादह–४ मजुवास्थित भित्री सडक खण्डको मकैवारीको पानीमा दर्जी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । उनी सवार प्रदेश नम्बर १–०१–०१६ प ८९२४ मोटरसाइकल चल्न नसक्ने अवस्थामा घटनास्थल नजिकै फेला परेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट  खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार