कुखुराको मासुको मूल्य बढ्यो, प्रतिकेजी कति ?

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौँ : गुल्मीमा बोइलर कुखुराको मासुको मूल्य बढेको छ । यसअघि प्रतिकिलो ४२० रुपैयाँमा बिक्री हुँदै आएको कुखुराको मासु अब बढेर प्रतिकिलो ४४० रुपैयाँ पुगेको छ ।

गुल्मी उद्योग वाणिज्य संघ मा सरोकारवालाबीच भएको छलफलले कुखुराको मासुको नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । पछिल्लो समय तम्घास बजारमा कुखुराको अभाव देखिएको छ । मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिलबहादुर बस्नेतका अनुसार कुखुरा पाल्ने कृषकहरूको संख्या घट्नु र आपूर्ति कम हुनु मूल्य वृद्धिको मुख्य कारण भएको बताए ।

बजारमा उपभोक्ताको माग बढ्दो भए पनि आपूर्ति पर्याप्त नहुँदा मासुको अभाव सिर्जना भएको उनले बताए । बजारमा पर्याप्त कुखुरा उपलब्ध हुनासाथ मूल्य घटाउन व्यवसायी तयार रहेको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिए ।

तीन महिनाअघि पर्याप्त उत्पादन हुँदा मासुको मूल्य ४४० रुपैयाँबाट घटाएर ४२० रुपैयाँ कायम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार