शिखर पावरले फागुन १७ देखि आईपीओ निष्काशन गर्ने

२०८२ फाल्गुन ६, बुधबार

काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले  फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४२ हजार ६ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ११ हजार कित्ता सेयर र कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता सेयर छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आईपीओ बन्द छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गतेसम्म रहने छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार