काठमाडौँ : फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ आगामी २७ चैत्रमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिएका हो । सार्वजनिक पोस्टरमा अभिनेता सागर लम्साल र अभिनेत्री रोशनी खड्का देखिएका छन् ।
राजु गिरीको निर्देशन, उमेशकुमार बस्नेतको कथा अनि लक्ष्मण सुवेदीको पटकथा, संवाद रहेको फिल्ममा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रवीन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रवि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, सुष्मा केसी, रामहरि खड्का, राजु गिरी, सुचेन्द्र परियारलगायत बाल कलाकार काजोल, कंगना गिरी र रोनीश खड्काको अभिनय छ ।
कार्यविनायक फिल्म्स र उषा फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्मातामा साबित्रा चिलुवाल, आषिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी छन् । श्याम तामाङले खिचेको फिल्ममा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको सङ्गीत, केशवराज भट्टको कोरियोग्राफी छ । फिल्मलाई नेशनल सिने ग्रुप नेपालले वितरण गर्दैछ ।










