टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौँ : कैलालीमा टिपरको ठक्करबाट मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ।

चुरे गाउँपालिका-५ खानीडाँडामा मधेस प्रदेश ०३-००१ क ३११७ नम्बरको टिपरले बा.प्र ०२-०३५ प. ३८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने ५५ वर्षीय शिव बहादुर बमको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार