अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर ८ मा प्रवेश

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौँ : अस्ट्रेलियालाई हराउँदै श्रीलंका आइसीसी टी–२० विश्वकपको सुपर ८ मा पुगेको छ। सोमबार राति भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै श्रीलंका एक खेल अगावै सुपर ८ मा पुगेको हो।

समूह बीमा रहेको श्रीलंकाले ३ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ। २ खेलमा जित निकालेको जिम्बाब्वे ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ।  पराजित अस्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ। एक खेलमा जित र २ खेलमा हार भोग्दै समान २ अंक भएको आयरल्यान्ड चौथो स्थानमा छ।

समूह चरणका तीनै खेलमा हार भोगेको ओमान तालिकाको पुछारमा रहेर सुपर ८ दौडबाट बाहिरिएको छ। अस्ट्रेलियाले दिएको १ सय २ रनको लक्ष्य आयोजक श्रीलंकाले १ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। श्रीलंकाका लागि पाथुम निशांकाले शतक पूरा गरे। जारी विश्वकप कै पहिलो शतक हानेका पथुम ५२ बलमा १० चौका र ५ छक्का सहयोगमा एक सय रनमा अविजित रहे।

पवन रत्नायके २८ रनमा नटआउट रहे। कुशल मेन्डिस ५१ रनमा क्याच आउट भए। कुशल परेरा १ रनमा क्याच आउट हुन पुगे। अस्ट्रेलियाका लागि माक्र्युस स्टोइनिसले २ विकेट लिए। त्यसअघि पालकेले अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट हुन पुग्यो।

पहिलो विकेटका लागि ओपनर तथा कप्तान मिचेल मार्स र ट्राभिस हेडले ८.३ ओभरमा १ सय १० रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।  २९ बलमा ७ चौका र ३ छक्का सहयोगमा ५६ रन बनाएका ट्राभिस दुसन हेभान्थाको बलमा क्याच आउट हुन पुगे। अर्का ओपन मिचेल २७ बलमा ८ चौका र २ छक्का सहयोगमा ५४ रन बनाउँदा हेमान्था कै बलमा एलबीडब्लु धरापमा परे।

जस इंग्लिसले २७ र ग्लेन म्याक्सवेलले २२ रन थपे। तल्लो क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। श्रीलंकाका लागि हेमान्थाले ३ विकेट लिए। दुस्मान्था कामिराले २ विकेट लिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार